धनगढीका बैकहरु आज ठप्प
2023/03/02, 5:34
 
ss

बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज धनगढीका सबै बैंकहरु बन्द गराएका छन् ।  उनिहरुले पैसा जम्मा नगरेर विरोध जनाएका हुन् ।

बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप व्यवसायीले एक दिन नगद जम्मा नगरी विरोध जनाएका हुन् । विरोध स्वरुप व्यवसायीले आज कुनै पनि बैंकमा नगद जम्मा नर्गो कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए  । 

सोही अनुसार यहाँका सबै बैकहरु आजका लागि बन्द रहेको जानकारी दिए । बैंकका शाखाहरु ठप्प भइपछि  पैसा भुक्तान, जम्मा, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका छन् ।बैंकले चर्को ब्याजद बढाएपछि पेसाबाटै पलायन हुनु पर्ने अवस्था आएको भन्दै विगत केही दिनदेखि व्यवसायी आन्दोलनरत छन् ।उनीहरु दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गरिरहेका छन् ।