सत्ता गठबन्धनका सांसदहरूको लागि कैलालीमा आज अभिमुखीकरण हुँदै
2023/03/03, 10:40
 
ss

आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरू रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

संयन्त्रको निर्णयबमोजिम कैलालीमा पनि प्रशिक्षण आयोजना गर्न लागिएको हो । यहाँको संयोजनको जिम्मा कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमल शाहले पाएका छन्।  आज कांग्रेस नेता बद्री पाण्डे लगायतले प्रदेश सभा सदस्यहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।