लोक सेवा आयोगहरूको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा 
2023/03/03, 10:54
 
ss

लोक सेवा आयोगहरूको तेस्रो राष्ट्रिय सम्मेलन सुरू भएको छ। दुई दिनसम्म चल्ने सम्मेलन शुक्रवार धनगढीमा सुरू भएको हो। संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरूको हरेक वर्ष राष्ट्रिय सम्मेलन हुने गरेको छ।

यो वर्ष सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको अनुरोधमा धनगढीमा सम्मेलन भएको हो। शनिवारसम्म चल्ने सम्मेलनमा लोक सेवा आयोगहरूले आआफ्ना अनुभव र सिकाइ आदानप्रदान गर्ने छन् भने लोक सेवा आयोगका कामकारबाही प्रभावकारी बनाउन छलफल हुने, कार्यपत्र प्रस्तुत हुने सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले बताए।

 शनिवार सप्पन्न हुने सम्मेलनको उपलब्धि बारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ। सम्मेलनमा संघीय लोक सेवा आयोगका अध्यक्ष, सदस्यहरू, प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरूको सहभागिता रहेको छ।