
बाजुराको बुढीनन्दामा भेटिएको कंकाल दुई बर्ष अगाडी बेपत्ता भएका पत्रकार तेजु खड्काको भएको पुष्टि भएको छ । २०७६ मंसीरमा कंकाल भेटिएकोमा सो कंकाल खड्काको भएको पुष्टि भएको हो ।

नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागि पठाईएकोमा डिएनए रिपोर्टमा खड्काकै कंकाल भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले जानकारी दिए । उनको खोजी गर्ने क्रममा वेपत्ता भएको एक बर्षपछि दुई वटा करङ, झोला र आईडी कार्ड भेटिएको थियो ।
उनी दिपायल सिलगढी नगरपालिका १ तिखा घर भएर रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवथापकको रुपमा काम गर्दै आएका थिए । उनी २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा बर माग्ने डाँडाबाट सम्पर्कविहीन भएका थिए ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15