सुदूरपश्चिम प्रदेश विपद् ब्यवस्थापन परिषदकाे बैठक सम्पन्न
2020/06/30, 5:59
 
korona

सुदूरपश्चिम प्रदेश सरकारकाे प्रदेश विपद् ब्यवस्थापन परिषद्काे बैठक सम्पन्न भएकाे छ । मुख्यमन्त्री त्रिलाेचन भट्टकाे अध्यक्षतामा बसेकाे बैठकले नेपाल भित्रिएकाे सलह किराले पार्ने असर तथा त्यसवाट बच्ने उपयाबारे सतर्कता, नियन्त्रणदेखि बाढी, पहिराे जस्ता प्रकृतिक प्रकाेप न्युनिकरण, घईतेकाे उद्दार, उपचार, रहात सम्बन्धि मापदण्ड तय गरेकाे हाे ।

बैठकले गरेका निर्णयबारे मुख्यमन्त्री भट्टकाे सचिवालयले दिएकाे जानकारी अनुसार काेभिड-१९ महामारी नियन्त्रणमा थप व्यबस्थापन जाेड दिने, यस्तै प्राकृतिक विपदवाट कृषि एवं पशुपन्छी व्यबसायकाे क्षेत्रमा पुर्याएकाे क्षतिमा रहात प्रदान सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरिएकाे जानकारी दिएकाे छ ।

यस्तै प्रादेशिक विपद् व्यबस्थापन याेजनालाई पनि स्वीकृती दिइएकाे छ । प्रदेश विपद् व्यबस्थापन काेषवाट जिल्ला विपद् व्यवस्थापन काेषमा तत्कालै रकम पठाउने निर्णय गरेकाे छ । विपदवाट घाईते भएका तथा जाेखिममा परेका नागरिककाे हवाई उद्दार गर्ने र अहिलेसम्म उद्दार वाफतकाे दिनुपर्ने बाँकी रकमकाे भुक्तानी दिने निर्णय भएकाे छ ।