धनगढीको शुभकामना बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न 
2023/03/04, 5:52
 
ss

धनगढीको शुभकामना बोर्डिङ स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।  धनगढी ३ चटकपुरमा रहेको शुभकामना बोर्डिङ स्कुलको प्राङ्गणमा वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो । स्कुलले यस वर्ष आफ्नो १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक डाक्टर राजेन्द्रवीर चन्दको प्रमुख आथित्यमा वार्षिकात्सव उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सह प्राध्यापक डाक्टर राजेन्द्रवीर चन्दले शिक्षा क्षेत्रको विकासका लागि अभिभावक, विद्यार्थी र शिक्षकको महत्वपूर्ण हुने भूमिका हुने बताउनुभयो । उहाँले शिक्षा रहेको यी तीन क्षेत्रमा कसैको पनि कमि भएमा शैक्षिक गुणस्तर हुन नसक्ने बताउनुभयो । 

विद्यालयका संस्थापक तथा निर्देशक हेमन्ती उप्रेतीको अध्यक्षतामा कार्यक्रममा विद्यालयहरुमा आयोजना गरिएका विभिन्न अतिरिक्त क्रियाकलपाहरुमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान समेत स्कुलका प्रिन्सिपल सुरेन्द्र शाहीले जानकारी दिनुभयो । शुभकामना स्कुलका विद्यार्थीहरुले नृत्य गायन तथा नाटक लगाएका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, विभिन्न विद्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।