धनगढी - नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले अहिले बनेको गठबन्धनबाट धोका नदिन सुझाब दिएका छन्। प्रदेश सभामा बोल्दै चौधरीले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने र निवर्तमान राजेन्द्र रावल नेतृत्वको सरकारले जस्तो अहिले बनेको गठबन्धनबाट धोका नदिन बताएका हुन्।
उनले माग र मुद्धा सम्बोधन नगरेको भन्दै रावल नेतृत्वको सरकारलाई बिश्वासको मत दिन नसकिएको बताए। नागरिक उन्मुक्तिले अहिलेको आठ दलीय गठबन्धनले टीकापुर घटनामा दोषी रेशम चौधरीको रिहाइ मुद्दा प्राथमिकतामा राख्नु पर्ने माग गरे।‘अहिलेको नयाँ समिकरणमा हामी पनि छौँ, हाम्रो माग मुद्दालाई प्रदेश सरकार र अहिलेको गठबन्धनको प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने, ‘हामी कुनै सत्ताका लागि मात्रै लागेका सांसद होइनौँ।’प्रदेश सभासदस्य चौधरीले आफ्ना सांसदलाई मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए।
एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २६ माघमा राजेन्द्र सिंह रावल पदमुक्त भएका थिए। रेशम चौधरी रिहाइको आश्वास मात्रै पाएकोले त्यस बेला विश्वासको मत दिन नसकेको चौधरीले बताए। टीकापुर घटनालाई राजनीतिक रुपमा निराकरण गर्नु पर्ने उनले बताए। ‘हाम्रो माग सम्बोधनको आश्वास पछि विगतको सरकारलाई समर्थन गरेका थियौँ, माघमै माघी उपहार दिन्छौँ भनेका थिए, तर हामीमाथि धेरै अपमान ग-यो,’ उनले भने, ‘संघीय सांसदलाई जेलमा थुन्ने काम ग-यो, न्यायोचित व्यवहार नगरेकोले हामीले विश्वासको मत दिन सकेनौँ।’अहिलेको गठबन्धन सरकारलाई उनले शाहको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए।अब होली आउँदै छ मुख्य मन्त्रीले गरेका बाचा पुरा होउन उनले भने । निर्देशन दिएपछि मुख्यमन्त्री कमल बहादुर शाहले बिश्वासको मत प्राप्त गरेका छन् ।