मुख्यमन्त्री शाहले पाए विश्वासको मत  
2023/03/05, 6:35
 
ss

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका थिए। मतदानमा ५२ जना सांसद सहभागी भएका थिए। त्यसमध्ये शाहले ४१ मत पाए। उनको विपक्षमा ११ मत पर्‍यो। 

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७,  नेकपा ९एकीकृत समाजवादी० ४ जना र राप्रपा र स्वतन्त्र १र१ सांसद छन्। शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्। 

प्रदेश सभामा एमालेका १० सांसद छन्। शाहलाई एमाले र राप्रपाका सांसदहरूले मत दिएनन्।यसअघि मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसक्दा उनको सरकार एक महिनामै ढलेको थियो।

रावलको सरकार ढलेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।