कञ्चनपुरमा एक प्रहरी अधिकारी मृत अवस्थामा भेटिए
2023/03/06, 11:40
 
कञ्चनपुरमा एक प्रहरी अधिकारी मृत अवस्थामा भेटिए

कञ्चनपुर - कञ्चनपुरमा एक प्रहरी अधिकारी मृत अवस्थामा भेटिएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ शारदा टोलकोमा आफ्नै घरमा वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण चन्द मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार उनी आइतबार राति मृत फेला परेका हुन्। चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए।उनी कार्यरत कार्यालयका एक अधिकारीका अनुसार चन्द राति घरमै झुन्डिएको अवस्थामा शव फेला परेको थियो। मृत्युको कारण भने खुल्न सकेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।