बुडाल मृत्यु प्रकरणको सिआईबीले अनुसन्धान गर्दै, शव १० दिन देखि अस्पतालमै
2023/03/06, 11:54
 
बुडाल मृत्यु प्रकरणको सिआईबीले अनुसन्धान गर्दै, शव १० दिन देखि अस्पतालमै

बैतडी - पिकनीक गएका बेला मृत फेला परेका बैतडीका जिवन बुडाल घटनाको सिआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । फागुन १३ गते मृत फेला परेका बुडाल घटनाको अनुसन्धान सिआइविले गरिरहेको हो ।

बुडालको मृत्यु भएको १० दिन वितिसक्दा पनि प्रहरीले भने अहिले सम्म मृत्युको कारण पत्ता लगाउन सकेको छैन् । मृतकका आफन्तले मृत्यु घटना संकास्पद भएको भन्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले बुडाल संगै पिकनिक मनाउन गएका १२ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरुमाथि पहिलो पटक अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले पछिल्लो पटक १२ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता लोकराज जोशीले जानकारी दिएका छन् ।

दशरथचन्द नगरपालिका – १० खडेनीका बुडाल दोगडाकेदार ४ जाडाबगर चमेलिया नदी किनारमा मृत फेला परेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला साथिहरूसंग पिकनिक मनाउन गएका थिए ।

उनको शव राती नदीमा तैरीरहेको अवस्थामा फेला परेको थियो । मृतक बुडालका आफन्तले घटना रहस्यमय भएको भन्दै सत्यतथ्य छानबीनको माग गर्दै शव बुझ्न मानेका छैनन् । बुडालको १० दिन देखि शव जिल्ला अस्पताल बैतडीमै रहेको छ ।