बैतडी बुडाल मृत्युप्रकरणः ११ दिनपछि आफन्तले बुझे शव
१२ जना प्रहरी नियन्त्रणमा
2023/03/08, 1:02
 
बैतडी बुडाल मृत्युप्रकरणः ११ दिनपछि आफन्तले बुझे शव

बैतडी - फागुन १३ गते चौलानी नदी किनारमा मृत फेला परेका जिवन सिह बुडालको शव आफन्तले बुझेका छन। मृत फेला परेको ११ दिन पछि मंगलबार आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत जिवन विदामा घर आएका बेला पिकनिक मनाउन गएका थिए।

फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनारामा गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए । बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिन सम्म शव बुझ्न मानेको थिएनन।

बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरुमा माथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । यस्तै बुडाल मृत्यु प्रकरणमा प्रदेश मातहतको सिआईबीको टोलिले पनि अनुसन्धान गरिरहेको जिल्ला उनले बताए। मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै आएका छन् । चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए । तर कम पानी भएकै ठाउँमा बुडाल मृत फेला परेकाले परिवारजनले हत्याको आशंका गरेका हुन् ।