धनगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
2023/03/09, 3:38
 
धनगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी - धनगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३, मिलनचोकमा आज बिहान करिब ६ बजे अटो दुर्घटना हुँदा एक जना वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आज बिहान अत्तरिया–धनगढी सडकखण्डमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से१ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा कैलाली गौरीगंगा नगरपालिका-४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका जोशीको उपचारका लागि माया मेट्रो अस्पताल धनगढीमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनीलगायत दुईजना जोतिशी हेराउन जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको कैलालीका डिएसपी कुलदिप चन्दले बताए। उक्त अटो र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ।