
रानाथारू समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदासमेत दिएको छ ।

यसअघि १ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी ३० फागुनमा नै सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले होरी ९होली० को अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् । रानाथारू समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्व हो । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15