भारतबाट फर्किएकाको उद्धारमा खटिएका वडाध्यक्षमा कोरोना पुष्टि, संक्रमित वडाध्यक्षको संख्या ३ पुग्यो
2020/06/30, 7:47

सुदूरपश्चिममा थप एक वडाध्यक्षमा कोरोना भाइरस पुष्टि भएको छ । अछामको साँफेबगर नगरपालिकाका एक वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो । धनगढी प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको ती वडाअध्यक्षले बताए ।

उनी निरन्तर रुपमा डेढ महिनादेखि भारतबाट आएका स्थानीयको सेवा खटिएका थिए । अहिले उनी वडाको क्वारेन्टिनमा बसिरहेका छन् । तर केही दिन अघि ती वडाअध्यक्ष नगरपालिकाको नगर सभामा सहभागी भएका थिए । मंगलबार उनीमा कोरोना पुष्टि भएपछि नगर सभामा सहभागी अन्य व्यक्तीको पनि स्वाब संकलन गर्ने तयारी भईरहेको छ ।
यसअघि कैलालीको गोदावरी नगरपालिकाका एक वडाध्यक्षमा पनि कोरोना भेटिएको थियो । हाल उनी निको भईसकेका छन् । त्यसैगरी डडेल्धुराको पर्शुराम नगरपालिका वडाध्यक्षलाई पनि कोरोना पुष्टि भएको थियो । उनी पनि निको भएर घर फर्किसकेका छन् ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03