कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी
2023/03/17, 11:58
 
ss

कैलालीको त्रिनगर रहेको हेल्थ डेस्कमा आगलागी भएको छ। आज बिहान हेल्थ डेस्कमा आगलागी भएको हो। आगालागीबाट दुई लाख बराबरको क्षति भएको बताइएको छ।

विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए। हेल्थ डेस्कको भण्डार कक्षमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।

आगो केहिछिनमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।