विशेष अभियान गर्दै नेपाली काँग्रेस सुदूरपश्चिम
2023/03/18, 6:19
 
ss

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले संगठन सुढृदीकरणका लागि विशेष अभियान गर्ने भएको छ । प्रदेशका ८८ स्थानीय तहअन्तर्गतका वडा तह सम्मका संगठन सुदृढीकरण तथा क्रियाशिल बनाउनका लागि प्रदेश कार्यसमितिले अभियान सुरु गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायरले पेश गरेको प्रस्ताव कार्यसमिति बैठकले बलायरकै नेतृत्वमा वडातहसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।

‘पार्टीभित्र कुशल संगठक, जनआन्दोलनबाट उदाएका निडर बैचारिक र निष्ठावान नेताको छवि बनाएका प्रदेश सभापति बलायरको प्रत्यक्ष निगरानीमा सुदूरपश्चिम प्रदेशका सबै ८८  स्थानिय तहका ७ सय ३४ वडामा संगठन सुदृढीकरणका लागि अभियान संचालन हुनेछ’ पार्टीका महासचिव मेघराज खडकाले भने ‘अभियानलाई सफल बनाउन प्रदेशका सबै ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधि खटाएको छ ।

चैत्र महिनाभर संचलान हुने अभियानलाई गतिशील बनाउन प्रदेश कार्यसमितिका सदस्यहरुलाई जिल्ला कार्यसमितिसंगको समन्वयमा काम गर्ने गरि प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएको छ ।’ खटाएको प्रदेशसभा निर्वाचन क्षेत्र भित्र संगठनलाई चलायमान बनाउन विभिन्न रचनात्मक क्रियाकलाप संचालनका लागि जिल्ला कार्यसमितिसंग समन्वय र सहजीकरण गर्ने जिम्मेवारी समेत प्रदेशबाट खटाएका प्रतिनिधिलाई कार्यसमितिले दिएको उनले बताए ।

निर्णयमा ‘पार्टिको जिल्ला कार्यसमितिसँग समन्वय गरी वडादेखि क्षेत्रसम्मका विभिन्न गतिविधिका साथै सम्मेलनमा सहभागि भई संगठनलाई चलायमान बनाउन भूमिका निर्वाह गर्न’ भनिएको छ  । उनले प्रदेशबाट खटिएका प्रतिनिधिलाई संगठनको अवस्थाको बारेमा विस्तृत जानकारी सहितको प्रतिवेदन तयार गरी चैत्र मसान्त भित्र प्रदेश कार्यसमितिमा पेश गर्ने समयसीमा तोकिएको बताए ।

३२ निर्वाचन क्षेत्र कसलाई कता खटाइयोः–
क. कैलाली
१. केशरी विष्ट– क्षेत्र नम्बर १ (१)             
२. धन बहादुर शाही (धिरेन्द्र)–  क्षेत्र नम्बर १ (२)
३. काशिराम देवकोटा – क्षेत्र नम्बर २ (१)           
४. टेक बहादुर चौधरी–  क्षेत्र नम्बर २ (२)
५. राज समझ चौधरी– क्षेत्र नम्बर ३ (१)         
६. सम्झना खत्री– क्षेत्र नम्बर ३ (२)
७. सुरत रावत (डोटेली कान्छा)– क्षेत्र नम्बर ४ (१)     
८. राम बहादुर देउवा– क्षेत्र नम्बर ४ (२)
९. पुष्पा भट्ट– क्षेत्र नम्बर ५ (१)        
१०. लक्ष्मी भण्डारी– क्षेत्र नम्बर ५ (१)
११. गजराज पाण्डेय–  क्षेत्र नम्बर ५ (२)
१२. टेकराज जोशी (डि.के.)–  क्षेत्र नम्बर ५ (२)
१३. डा. मेराज आलम अन्सारी–  क्षेत्र नम्बर ५(२)
ख. कंचनपुर    
१. भुलिया राना–  क्षेत्र नम्बर १  (१)                           
२. चमेली तामाङ्ग– क्षेत्र नम्बर १ (२)
३. ज्ञानेन्द्र सिंह– क्षेत्र नम्बर २ (१)                        
४. झेली राना– क्षेत्र नम्बर २ (१)
५.. गौरी सिंह बोहरा– क्षेत्र नम्बर २ (२)                     
६. कलावती बोहरा– क्षेत्र नम्बर २ (१)
७. प्रभा भट्ट– क्षेत्र नम्बर २ (२)                            
८. कृष्ण प्रसाद पाठक–  क्षेत्र नम्बर ३ (१)
९. दिवाकर पाण्डेय– क्षेत्र नम्बर ३ (१)                   
१०. निलम लेखक– क्षेत्र नम्बर ३ (२)
११. पुष्कर बहादुर सिंह– क्षेत्र नम्बर ३ (२)                  
१२. उपेन्द्र बहादुर खडायत– क्षेत्र नम्बर ३ (२)
ग. अछाम
१. तुलाराम साउँद– क्षेत्र नम्बर १ (१)                     
२. रुपा सुनार– क्षेत्र नम्बर १ (१)
३. भक्त ठकुल्ला–  क्षेत्र नम्बर १ (२)
४. अनुराधा स्वाँर– क्षेत्र नम्बर २ (१)            
५. वेदप्रकाश तिमिल्सैना– क्षेत्र नम्बर २ (२)
घ. डोटी
१. प्रेमा श्रेष्ठ– सदस्य क्षेत्र नम्बर १ (१)                 
२. तेज बहादुर लुहार– सदस्य क्षेत्र नम्बर १ (२) 
ङ. डडेल्धुरा
१. टिकेश्वरी हमाल– क्षेत्र नम्बर १ (१)            
२. धर्मानन्द भट्ट– क्षेत्र नम्बर १ (१)
३. दिपा देवी ऐर– क्षेत्र नम्बर १ (२)                
४. चन्द्रे टमटा– क्षेत्र नम्बर १ (२)
५. तिलकराज जोशी–  क्षेत्र नम्बर १ (२)
च. बझाङ्ग    
१. सुनिता थापा– क्षेत्र नम्बर १ (१)                
२. राजेन्द्र बहादुर खड्का– सदस्य बझाङ क्षेत्र नम्बर १ (१)
३. जयन्ती जोशी– क्षेत्र नम्बर १ (१)                
४. गणेश विष्ट– क्षेत्र नम्बर १ (२)
छ. बाजुरा
१. धनराज पण्डित– क्षेत्र नम्बर १ (१)            
२. राधिका सिंह– क्षेत्र नम्बर १ (२)
ज. दार्चुला
१. मदन गिरी– क्षेत्र नम्बर १ (१)                
२. कमला धामी सामन्त– क्षेत्र नम्बर १ (१)
३. करवीर सिह कार्की– क्षेत्र नम्बर १ (१)                
४. राजेन्द्र सिंह विष्ट– क्षेत्र नम्बर १ (२)
झ. वैतडी
१. जनक विष्ट– क्षेत्र नम्बर १ (१)                
२. कान्ता चन्द शाही– क्षेत्र नम्बर १ (२)
३. टेकराज जोशी– क्षेत्र नम्बर १ (२)                
४. तेज बहादुर चन्द– क्षेत्र नम्बर १ (२)
५. कमला चन्द– क्षेत्र नम्बर १ (२)