ऐश्वर्य क्याम्पसमा दोब्बर मतान्तले अनेरास्ववियुका खड्का प्यानलसहित विजयी
2023/03/20, 11:33
 
ऐश्वर्य क्याम्पसमा दोब्बर मतान्तले अनेरास्ववियुका खड्का प्यानलसहित विजयी

धनगढी - सुदूरपश्चिमकै प्रतिष्ठित धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा दोब्बर मतान्तरले अनेरास्ववियुका कुबेर खड्का प्यानलसहित विजयी भएका छन् ।

आइतबार भएको स्ववियुको नेतृत्व चयनका लागि मतदानको अन्तिम मतपरिणामअनुसार एमाले सम्बद्ध अनेरास्ववियुका खड्का नेविसंघका महेशराज जोशीलाई दोब्बर मतले पराजीत गर्दै विजयी भएका हुन् ।

खड्काले ८१४ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी जोशीले ४२९ मत मात्रै पाएका छन् । सचिवमा अनेरास्ववियुका दिपेन्द्र भट्ट विजयी भएका छन् । उनी ७०२ मतका साथ विजयी हुँदा प्रतिद्धन्द्धी नेविसंघका दिलबहादुर बुढाथोकीले ५१५ मत पाएका छन् ।

कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरुमा शरद बराल, उमेश बम, मिना कुमारी जोशी, प्रदिप खड्का, दिपकराज जोशी, दिपक जोशी र आशा विष्ट विजयी भएका छन् ।नेविसंघको दबादबा रहेको ऐश्वर्य क्याम्पसमा अनेरास्ववियुले प्यानलसहित जित्नै नयाँ रेकर्ड बनाएको छ ।