स्ववियु निर्वाचनः सुदूरका २२ क्याम्पसको नजिता सार्वजनिक हुँदा कहाँ को विजयी ?
2023/03/20, 11:46
 
ss

त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सामुदायिक तथा आङ्गिक क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । 

विद्यार्थीको हकहितमा पैरवी गर्ने नेतृत्वकर्ता, पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन भएको हो । सुदूरपश्चिम प्रदेशभरि कतै उत्साहपूर्वक सौहार्दपूर्ण वातावरणमा निर्वाचन भएको छ भने, कतै तनाव उत्पन्न भएको थियो । विभिन्न निर्वाचनमा देखिएको जस्तो विवाद स्ववियु निर्वाचनमा पनि बाजुरामा देखिएको छ । कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीमा १०, कञ्चनपुरमा छ, डोटीमा तीन, अछाममा दुई, बाजुरामा एक, डडेल्धुरामा एक, बझाङमा नौ र दार्चुलाका चार क्याम्पसमा शान्तिपूर्ण वातावरणमा मतदान भएको छ । कञ्चनपुरको दानेश्वरहरी बहुमुखी क्याम्पस, बझाङको त्रिवेणी आदर्श बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो ।

यसैबीच, डडेल्धुराबाहेकका बाँकी सबै जिल्लाको केही क्याम्पसमा चुनाव स्थगित भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार कैलालीको दुई, कञ्चनपुरको नौ, अछामको पाँच, बाजुराको दुई, डोटी, दार्चुला र बझाङका एक÷एक गरी २३ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी रहेको, घोडाघोडी बहुमुखी क्याम्पस लगायतका क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । पछिल्लो प्राप्त विवरण अनुसार २२ वटा क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । 

कहाँ को विजयी
कैलाली

बुलबुले बहुमुखी क्याम्पस कैलाली पुष्पा खाती (अनेरास्ववियु)
मोहन्याल बहुमुखी क्याम्पस  –अर्जुन खत्री  (अखिल क्रान्तिकारी)
खप्तड बहुमुखी क्याम्पस    –पुष्कर अवस्थी  (अनेरास्ववियु)
चौमाला बहुमुखी क्याम्पस  – हरेन्द्र बुढा    (अनेरास्ववियु)
लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना (अनेरास्ववियु)
ऐश्वर्य बहुमुखी क्याम्पस  –कुबेर खड्का (अनेरास्ववियु)

कञ्चनपुर
रामपुर बहुमुखी क्याम्पस  – सरस्वती तिरुवा (अखिल   क्रान्तिकारी)
रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु (अनेरास्ववियु)
जनता बहुमुखी क्याम्पस  – मनोज साउद (अखिल क्रान्तिकारी)  
कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी (नेपाल विद्यार्थी सङ्घ)
कञ्चन बहुमुखी क्याम्पस  –  देव बहादुर साउँद  (अनेरास्ववियु)   
महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी (नेपाल विद्यार्थी सङ्घ)

बैतडी
नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल (अनेरास्ववियु)
श्रीकोट बहुमुखी क्याम्प   – शम्भुराज गिरी (अनेरास्ववियु)
सेटीगाउँ बहुमुखी क्याम्पस –  मोहन बोहरा (अनेरास्ववियु)
 डोटी
खप्तड आदर्श क्याम्पस   – श्याम विक (अनेरास्ववियु)
केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम (नेपाल विद्यार्थी सङ्घ) 

डडेल्धुरा

डडेल्धुरा बहुमुखी क्याम्पस – दुर्गा प्रसाद भट्ट (नेपाल विद्यार्थी सङ्घ) 

बझाङ
थलारा बहुमुखी क्याम्पस  –  महेश जेठारा (अनेरास्ववियु)
सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी  (अनेरास्ववियु)
सुनकुडा क्याम्पस  –  दिलीप अधिकारी (अनेरास्ववियु)

दार्चुला

कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी (अनेरास्ववियु)