
कैलालीमा रोकिएका २ ट्रकमा आगलागी भएको छ।कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। गएराति करिब १२ बजेको समयमा ट्रकमा आगलागी भएको स्थानीयले बताएका छन्।

आगलागीबाट म १ ख ३७८ नम्बरको ट्रकको अगाडीको भाग पुरै जलेर नष्ट भएको छ भने अर्को प्रदेश ०२–०३– ००१ ख ०१६४ नम्बरको ट्रकमा आंसिक क्षति भएको जनाएको छ। आगलागी कसरी भयो भन्ने बारेमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्। आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। घटनाको बारेमा अनुसन्धान गरीरहेको प्रहरीले बताएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15