त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सामुदायिक तथा आङ्गिक क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । विद्यार्थीको हकहितमा पैरवी गर्ने नेतृत्वकर्ता, पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन भएको हो । सुदूरपश्चिम प्रदेशभरि कतै उत्साहपूर्वक सौहार्दपूर्ण वातावरणमा निर्वाचन भएको छ भने, कतै तनाव उत्पन्न भएको थियो । विभिन्न निर्वाचनमा देखिएको जस्तो विवाद स्ववियु निर्वाचनमा पनि बाजुरामा देखिएको छ । कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीमा १०, कञ्चनपुरमा छ, डोटीमा तीन, अछाममा दुई, बाजुरामा एक, डडेल्धुरामा एक, बझाङमा नौ र दार्चुलाका चार क्याम्पसमा शान्तिपूर्ण वातावरणमा मतदान भएको छ । कञ्चनपुरको दानेश्वरहरी बहुमुखी क्याम्पस, बझाङको त्रिवेणी आदर्श बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो ।
यसैबीच, डडेल्धुराबाहेकका बाँकी सबै जिल्लाको केही क्याम्पसमा चुनाव स्थगित भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार कैलालीको दुई, कञ्चनपुरको नौ, अछामको पाँच, बाजुराको दुई, डोटी, दार्चुला र बझाङका एक÷एक गरी २३ क्याम्पसमा निर्वाचन स्थगित भएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी रहेको, घोडाघोडी बहुमुखी क्याम्पस लगायतका क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । पछिल्लो प्राप्त विवरण अनुसार ३१ वटा क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।
कहाँ को विजयी
कैलाली
बुलबुले बहुमुखी क्याम्पस –पुष्पा खाती (अनेरास्ववियु)
मोहन्याल बहुमुखी क्याम्पस –अर्जुन खत्री (अखिल क्रान्तिकारी)
खप्तड बहुमुखी क्याम्पस – पुष्कर अवस्थी (अनेरास्ववियु)
चौमाला बहुमुखी क्याम्पस – हरेन्द्र बुढा (अनेरास्ववियु)
लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना (अनेरास्ववियु)
ऐश्वर्य बहुमुखी क्याम्पस – कुबेर खड्का (अनेरास्ववियु)
राष्ट्रिय कलेज –सुन्दर गौतम (अनेरास्ववियु क्रान्तिकारी)
घोडाघोडी बहुमुखी क्याम्पस –प्रेम बोगटी (अखिल क्रान्तिकारी)
कञ्चनपुर
रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा (अखिल क्रान्तिकारी)
रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु (अनेरास्ववियु)
जनता बहुमुखी क्याम्पस – मनोज साउद (अखिल क्रान्तिकारी)
कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी (नेपाल विद्यार्थी सङ्घ)
कञ्चन बहुमुखी क्याम्पस – देव बहादुर साउँद (अनेरास्ववियु)
महाकाली बहुमुखी क्याम्पस – निरज भण्डारी (नेपाल विद्यार्थी सङ्घ)
बैतडी
नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल (अनेरास्ववियु)
श्रीकोट बहुमुखी क्याम्पस – शम्भुराज गिरी (अनेरास्ववियु)
सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा (अनेरास्ववियु)
डोटी
खप्तड आदर्श क्याम्पस – श्याम विक (अनेरास्ववियु)
केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम (नेपाल विद्यार्थी सङ्घ)
डडेल्धुरा
डडेल्धुरा बहुमुखी क्याम्पस – दुर्गा प्रसाद भट्ट (नेपाल विद्यार्थी सङ्घ)
बझाङ
खापरदेव क्याम्पस –शर्मिला खत्री (नेपाल विद्यार्थी सङ्घ)
त्रिवेणी आदर्श क्याम्पस –करिना भण्डारी (नेपाल विद्यार्थी सङ्घ)
बझाङ दीप क्याम्पस –कमल थापा (अनेरास्ववियु क्रान्तिकारी)
थलारा बहुमुखी क्याम्पस – महेश जेठारा (अनेरास्ववियु)
सेती क्याम्पस – लक्ष्मण गिरी (अनेरास्ववियु)
सुनकुडा क्याम्पस – दिलीप अधिकारी (अनेरास्ववियु)
दार्चुला
लटिनाथ क्याम्पसमा –जगदिशसिंह कोट्टारी (अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार)
शंकरपुर क्याम्पस – कविता अवस्थी (अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार)
कृष्ण स्नातक क्याम्पस –हेमन्ती जोशी (अनेरास्ववियु)
अछाम
कमलबजार बहुमुखी क्याम्पस – सुरेन्द्र चलाउने (अनेरास्ववियु)
त्रिपुरासुन्दरी क्याम्पस –कमल कुँवर (नेपाल विद्यार्थी सङ्घ)