पौने ४ किलो चरेससहित उत्तराखण्ड प्रहरीको विशेष अपरेसन समूहद्वारा २ नेपाली पक्राउ
2023/03/22, 11:53

दार्चुला - भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको नयाँ बस्तीबाट चरेससहित प्रहरीले २ जना नेपालीलाई पक्राउ गरेको छ । सोमबार बेलुकी ७ बजेतिर करिब पौने ४ किलोग्राम चरेससहित उत्तराखण्ड प्रहरीको विशेष अपरेसन समूहले नेपालीलाई पक्राउ गरेको हो ।

चरेससहित पक्राउ पर्नेमा महाकाली नगरपालिका ६ पौनेखोलाका ३० वर्षीय उमेशबहादुर पाल र दुहु गाउँपालिका १ पिपौलचौरीका २६ वर्षीय रवि कुँवरलाई ३ किलो ६८० ग्राम चरेशसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ ।
बरामद गरिएको चरेस दार्चुला नाकाबाटै भारत लगिएको आशंका गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेससहित दुई जना पक्राउ गरिएको खबरपछि खलंगास्थित सीमा नाकाको जाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/05/08, 7:50
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/22, 4:39
2021/03/31, 11:19
2021/10/20, 2:00
2023/01/30, 1:25