पीसीआर स्थापनाका लागि हिमाल डेण्टलका सञ्चालक डा. राजेन्द्र भट्टद्धारा ३० हजार रुपैया सहयोग
2020/07/01, 7:38
 
korona

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि हिमाल डेण्टलका सञ्चालक डा. राजेन्द्र भट्टले ३० हजार रुपैया सहयोग गरेका छन् । डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाजद्धारा जारी अभियानमा हिमाल डेण्टलका सञ्चालक डा.भट्टले ३० हजार रुपैया सहयोग गरेका हुन् ।

डडेल्धुरा घर भई हाल काठमाण्डौंमा कार्यरत डा. भट्टले थोपा थोपा मिलेर समुन्द्र बन्ने भएकोले पीसीआर मेसिन स्थापनाका लागि आफूले सानो सहयोग गरेको बताए । उनले डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाले हालसम्म कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई सुबिधा पुग्ने बताए ।

ह्युमानिटी फाउण्डेसनका संस्थापक एवं कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एशोसियसनका अध्यक्ष तथा नेपाल एशोसियन अफ टुर अपरेटरका महासचिव अमर बहादुर शाहीको नेतृत्वमा काठमाण्डौंमा जारी सहयोग संकलन अभियानमा डा.भट्टले सहयोग गरेका हुन् ।

कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा साफ गेममा तेक्वान्दोमा नेपाललाई चार स्वर्ण पदक दिलाउने किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद(राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, युवा व्यवसायी राजु अवस्थीले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा जारी अभियानमा अगुवाई गरेका छन् ।