बैतडीमा परीक्षा केन्द्र नजिकका क्षेत्रलाई मदिरा निषेधित घोषणा
2023/03/31, 1:58
 
बैतडीमा परीक्षा केन्द्र नजिकका क्षेत्रलाई मदिरा निषेधित घोषणा

बैतडी - बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ। आज (शुक्रबार)देखि सञ्चालन हुने एसईईलाई मार्यादित वातावरणमा सम्पन्न गर्नका लागि मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावै आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए।

ती क्षेत्रहरुमा परीक्षा अवधिभर कसैले मदिराको कारोबार गरेमा कानुन अनुसार कारवाही गरिने नगरपालिकाले जनाएको छ। यस्तै परीक्षाको अवधिमा दैनिक उपभोग्य वस्तु तोकिएको दररेट भन्दा बढीमा विक्रि नगर्न आग्रह गरिएको छ। कसैले तोकिएको दररेट भन्दा बढीमा उपभोग्य वस्तु विक्रि गरेमा कारवाही हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यस्तै एसईई अवधिभर बैतडीको देहीमाण्डौं क्षेत्रमा मदिराजन्य पदार्थको कारोबार नियन्त्रण गर्न वडा कार्यालयले आग्रह गरिएको छ । दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले एक सूचना जारी गर्दै परीक्षा अवधिभर मदिराजन्य पदार्थको कारोबारमा नियन्त्रण गर्न आग्रह गरेको हो ।