गाउँमै उपचार पाएपछि बैतडीका स्थानीय हर्षित
2023/04/09, 6:15
 
ss

बैतडीको डिलाशैनी स्वास्थ्यचौकीले दुई दिन सञ्चालन गरेको गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत ५८६ जनाले सेवा लिएका छन्। यही चैत २४ र २५ गते सञ्चालन भएको शिविरबाट स्थानीय नागरिकले सेवा लिएका हुन्।

जिल्ला अस्पताल बैतडीले आयोजना गरेको शिविरमा हाडजोर्नी, बालरोग सेवा , समान्य चिकित्सा, दन्त रोग लगाएतका सेवा प्रदान गरिएको थियो।यस्तै शिविरमा भिडियो एक्सरे र इसीजी सेवा समेत प्रदान गरिएको अस्पताल व्यवस्थापन अधिकृत सुमन महराले बताए।

दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै पुगेर बिशेषज्ञ सेवा दिने उद्देश्यले गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गरिएको महराले बताए। डिलाशैनी गाउँपालिकाको केन्द्रस्थित धामीगाउँमा सञ्चालन भएको शिविरबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएको महराले बताए। 

विभिन्न कारणले चिकित्सकको सेवा पाउनबाट वञ्चित भएका नागरिकले गाउँमै उपचारपाए पछि खुसि भएका छन्।