दार्चुलामा जात्राबाट फर्किदा भिरबाट लडेर हजुरआमा र नातिनीको मृत्यु भएको छ । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका हजुरआमा र नातिनीको घर फर्किने बेला भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएके छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनको साथ रहेकी नातिनी २ वर्षीया सोनिया धामीको मृत्यु भएको जनाएको छ। उनीहरुको भिरबाट लडेर ज्यान गएको हो। शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो करिब २ बजेतिर सुङगर भिरमा भेटिएको प्रहरीले जनाएको छ ।
2024/08/23, 10:59
2024/08/23, 10:56
2024/08/23, 10:51
2024/08/23, 10:48
2024/08/16, 7:04
2024/08/16, 6:05
2024/08/16, 5:32
2024/08/16, 5:29
2020/06/22, 6:45
2021/08/11, 3:19
2022/05/21, 2:07