सुदूरपश्चिमको राजधानी कसले बनाउने हो ! संसदमा उठ्यो प्रश्न ?
2023/04/18, 6:53
 
ss

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी अहिलेसम्म किन बनाइएन रु भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले प्रदेशको राजधानी कसले बनाउने हो रु भन्दै प्रधानमन्त्रीको जवाफ पनि माग गरे। उनले तत्कालिन प्रदेश सभाको दुई तिहाई मतले गोदावरी नगरपालीकामा राजधानी तोक्यो । तत्कालिन गठबन्धन, नेकपा एमाले र माओवादीले उनले भने- तर त्यतिबेला मेरो पार्टी विपक्षमा थियो।

“०७५ सालमा घोषणा भए पनि अहिलेसम्म राजधानी निमार्ण नहुनु के हो रु। ०७५ सालमा घोषणा भएदेखी अहिलेसम्म राजधानी निर्माण नहुँनु यो के हो रु र म भन्न चाहान्छु , बर्तमान गठबन्धन पनी र गठबन्धनबाट नेतृत्व गर्ने प्रधानमन्त्रीले सुदूरपश्चिमको भ्रमण गर्दा गठबन्धनको मूलमर्मभन्दा बाहिर गएर प्रस्तुत भएको देखिएको छ। राजधानी कसले बनाउने हो रु,” बलायरले सोधे, “हिजो गोदावरीमा भनियो, केन्द्रले भोगाधिकार दिएन। राजधानी कसले बनाउने भन्नेबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन जरुरी छ।”

२०७५ सालमा प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी पारित गरेको थियो।स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका– ४ र २, तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तर पश्चिम, गोदावरी–धनगढी–डडेलधुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चार किल्ला क्षेत्रमा परेको घोषणा भएको थियो। प्रदेश सरकारले राजधानी तोकेको ठाउँमा भौतिक संरचना लगायतका कार्य गर्न पहिलो वर्ष १ अर्ब रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो। तर वन मासेर राजधानी बनाउन लागेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि सरकार हच्किएको थियो। त्यो वर्ष बजेट फ्रिज भयो।

प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट, नीति तथा कार्यक्रममा ‘प्रदेशको राजधानीको संरक्षण, तटबन्ध, घेरा, पर्खाल र सम्भाव्यता अध्ययन’का लागि बजेट विनियोजन गर्‍यो। राजधानी तोकिएको स्थानको संरक्षणका लागि छुट्याइएको ५ करोड बजेट पनि फ्रिज भयो। यस्तै आर्थिक वर्ष २०७७/७८ मा राजधानी कार्यान्वयनका लागि २० करोड ७४ लाख बजेट विनियोजन भएकोमा सम्भाव्यता अध्ययनमा ८ करोड खर्च भयो भने बाँकी बजेट फ्रिज भयो। २०७८/७९ चालु आर्थिक वर्षमा पनि राजधानी कार्यान्वयनका लागि सरकारले २ करोड ७२ लाख ८० हजार बजेट विनियोजन गरेपनी फ्रिज भएको थियो।