धनगढीस्थीत सेनाको फिल्ड अस्पतालमा उपकरण खरिद गर्दा नियम विपरीत २३ लाख भुक्तानी
2023/04/18, 6:59
 
ss

नेपाली सेनाले फिल्ड अस्पतालका लागि उपकरण खरिद गर्दा नियम विपरीत भुक्तानी गरेको पाइएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा सेनाले २ ठाउँमा फिल्ड अस्पतालका लाग उपकरण खरिद गर्दा नियम विपरीत भुक्तानी गरेको उल्लेख छ। धनगढीको बोराडाँडीमा नेपाली सेनाको सुदूरपश्चिम पृतनाले २५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको थियो ।

फिल्ड अस्पताल बर्दिबास र धनगढीको लागि एक आपूर्तिकर्तासँग इलेक्ट्रिकल आइटम २०७८ असोज ११ सम्म बुझाउने गरी ८३ लाख ९१ हजारको खरिद सम्झौता भएको थियो।उक्त सम्झौताअन्तर्गत दुवै स्थानका अस्पतालहरूमा आपूर्ति गरिने इलेक्ट्रिक आइटममध्ये ६१० लिटर क्षमताका रेफ्रिजेटर ७र७ थान प्रतिथान १ लाख ६५ हजारका दरले खरिद गर्ने सम्झौता गरिएको थियो।सम्झौताअनुसार ६१० लिटरका ७/७ थान रेफ्रिजेरेटर आपूर्ती गर्नुपर्ने आपूर्तिकर्ताले दुवै अस्पतालमा ६१० लिटर क्षमताका २/२ थान र ३१० लिटर क्षमताको १०/१० थान रेफ्रिजेटर आपूर्ति गरी २३ लाख १० हजार भुक्तानी गरेको पाइएको छ।

स्पेसिफिकेसनभन्दा फरक सामान आपूर्ति गरी १६ लाख ५० हजार भुक्तानी दिएको नियमसम्मत नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ मा खरिद सम्झौताको विल विजक भुक्तानी गर्नुअघि सम्झौताको शर्त पुरा गर्नुपर्ने व्यवस्था छ। नेपाली सेनालाई २०७२ को भूकम्पपछि प्राप्त २ मोबाईल अस्पताल महानिर्देशनालयले फिल्ड अस्पताल नेपालगंज र वीरेन्द्र अस्पताललाई हस्तान्तरण गरेको छ।

उक्त मोबाइल अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि तर्जुमा नहुँदा प्रयोगमा आउन सकेको छैन। वस्तुगत सहायता अन्तर्गत प्राप्त मोवाइल अस्पतालबाट सेवा प्रदान गर्ने सम्बन्धी कार्यविधि तयार गरी उपयोगमा नल्याइएको पाइएको छ। अस्पतालले एक वर्षमा ४ लाख ९३ हजार ८१५ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ। कुल १ हजार ४५ शय्याको अस्पताललाई नेपाल सरकारले कोभिड डेडिकेटेट अस्पतालको रूपमा समेत तोकेकोले सो वर्ष कोभिड १९ बाट प्रभावित १ हजार ८९ जनालाई भर्ना गरी उपचार गरेको एवं ४१ हजार १७९ जनाको पीसीआर टेस्ट र ४७ हजार ४२४ जनाको आरडीटी परीक्षण भएको छ।