प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाउँदै आएको तथ्यांकमा असार १३ गतेसम्म सुदूरपश्चिम प्रदेशमा १४ शैयाको आईसियू कक्ष र १० वटा भेन्टिलेटर उपलव्ध रहेको जानकारी दिईएको छ । एक महिनासम्म दुई वटा भेन्टिलेटर उपलव्ध रहेको जानकारी दिदैं आएको असार १४ मा भने एउटा पनि भेन्टिलेटर उपलव्त्र नभएको भन्दै तथ्यांक पठाईएको थियो । १४ असारदेखि नयाँ तथ्याङक सार्वजनिक भएसंगै महाकालीमा चार बेडको आईसियू र दुई वटा भेन्टिलेटर रहेको भन्दै सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले नक्कली विवरण दिदै आएको पुष्टि भएको हो । अस्पतालमा भेन्टिलेटर नै नभएको महाकाली अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले जानकारी दिए । उनले आईसियू बेड राखिएको भएपनि सञ्चालनमा नआएको बताए ।
१३ असारमा मन्त्रालय र स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङक
सुदुरपश्चिममा कोरोना देखिएदेखि नै प्रत्येक दिन नक्कली विवरण दिदै आएको प्रदेश सरकार र मन्त्रालयकै चरम लापरवाहीका कारण वुधवार एक वालकको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १६ का १४ बर्षीय पर्वत गिरीलाई बुधबार बिहान सर्पले टोकेपछि महाकाली अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ भेन्टिलेटर नभएकै कारण उनको मृत्यु भएको आफन्तहरुले बताएका छन् । महाकाली अस्पतालमा आईसियू र भेन्टिलेटर उपलव्ध छ भनेरै नै उनलाई त्यहाँ पुगाईएको थियो । बेहोस अवस्थामा रहेका बालकलाई महाकाली अस्पताल पु¥याइएकोमा अस्पतालमा भेन्टिलेटर र आइसियु नभएको जानकारी दिएर धनगढी रेफर गरिएको अस्पतालका सूचना अधिकारी भट्टले जानकारी दिए । महाकाली अस्पतालमा आईसियू र भेन्टिलेटर उपलव्ध भएको गलत र झुटो जानकारी पाएका कारण उनलाई सेती प्रादेशिक अस्पतालमा समयमा पुगाउन नसक्दा उनको बाटोमै मृत्यु भएको हो ।
१४ असारमा मन्त्रालय र स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङक
प्रदेश सरकारले नक्कली विवरणहरु दिएका कारण बालकले ज्यान गुमाउनु परेको भन्दै सामाजिक सञ्जालमा पनि प्रदेश सरकारको चर्को आलोचना भईरहेको छ । नागरिक दैनिकका सुदुरपश्चिम प्रमुख पत्रकार दिलवहादुर छत्यालले प्रदेश सरकारकै नक्कली तथ्यांकले वालकको मृत्यु भएको फेशवुकमा स्टाटस लेखेका छन् । उनको स्टाटस यस्तो छ –‘सामाजिक बिकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक दिन अपडेट गर्ने डाटामा महाकाली अस्पतालमा दुई भेन्टिलेटर छ भनिएको छ । तर महेन्द्रनगरमा सर्पले टोकेको १४ बर्षिय बालकको महाकाली अस्पतालमा एउटा पनि भेन्टिलेटर नभएर नै अकालमै ज्यान गएको छ ।’
सुदुरपश्चिम प्रदेश सरकारले भने पनि महाकालीमा भेन्टिलेटर सञ्चालनमा नरहेको स्वीकार गरेको छ । नक्कली तथ्यांक पठाउनुका साथै सो सम्बन्धी विवरणहरु भिडियोमा वोल्ने गरेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भेन्टिलेटर खरिदको चरणमा रहेको बताए । उनले हाललाई महाकालीमो भेन्टिलेटर सेवा सञ्चालनमा नरहेको स्वीकार गरे ।