धनगढी विमानस्थलमा घाँस काट्न गएका १७ महिला नियन्त्रणमा
2023/04/25, 10:41
 
ss

धनगढीको गेटास्थित धनगढी विमानस्थलमा तारजाली तोडेर घाँस काट्न गएका १७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली तोडेर घाँस काट्न अनाधिकृत रुपमा प्रवेश गरेका १७ महिलालाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले घाँस काटिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए।‘घाँस काट्न उनीहरु विमानस्थलको पश्चिमतर्फबाट तारजाली नाघेर भित्र प्रवेश गरेकोले उडान सुरक्षामा गम्भीर बिषय भएको उनले बताए।

महिलाहरुले अनाधिकृत रुपमा प्रवेश गरेर घाँस काटिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए। भट्टले पहिलो पटक भएकाले उनीहरुलाई स्थानीय जनप्रतिनिधिको रहोबरमा सम्झाइ बुझाइ गरेर आफन्तको जिम्मा लगाइने बताए।