नायिका उपासना सिंह ठकुरीले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि १५ हजार रुपैया सहयोग गरेकी छन् ।
ह्युमानिटी फाउण्डेसनका संस्थापक एवं कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एशोसियसनका अध्यक्ष तथा नेपाल एशोसियन अफ टुर अपरेटरका महासचिव अमर बहादुर शाहीको नेतृत्वमा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा जारी सहयोग संकलन अभियानमा पछिल्लो समयकी चर्चित नायिका सिंहले १५ हजार रुपैया सहयोग गरेकी हुन्
उनले दुई वटा फिल्म क्याप्टेन र कबड्डी कबड्डी कबड्डीमा अभिनय गरेकी छन् । कबड्डी कबड्डी कबड्डी सुपरहीट फिल्म हो । नायिका सिंहको पुख्र्यौली घर दार्चुलाको मार्मा हो । पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दा कोरोना परीक्षणबाट बञ्चित भएको जानकारी पाएपछि डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका थालिएको अभियानमा सहयोग गरेको नायिका ठकुरीले बताईन ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसनका संस्थापक शाहीको नेतृत्वमा काठमाण्डौंमा जारी सहयोग संकलन अभियानको कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा साफ गेममा तेक्वान्दोमा नेपाललाई चार स्वर्ण पदक दिलाउने किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद(राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, युवा व्यवसायी राजु अवस्थीले डडेल्धुरामा अगुवाई गरेका छन् ।
Chat conversation end
Type a message...