
कैलालीको धनगढीमा एक जनाले छोराको हत्या गरेर प्रहरीमा आत्मसर्पण गरेका छन् । धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसर्पण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले चौधरीले छोराको टाउकोमा ईटा प्रहार गरेर हत्या गरेको बताए तर हत्या गर्नुको कारण भने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले चौधरीले आत्मसर्पण गरेको बताउदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27