
कैलालीको अत्तरियामा अतिक्रमित वन क्षेत्र खाली गराउन वन कार्यालयले डोजर चलाएको छ ।

गोदावरी नगरपालिका अत्तरियास्थित चौकी डाँडामा अतिक्रमित वन र सडक क्षेत्र खाली गराउन सोमबार डोजर चलाइएको हो । डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम ढकालले करिब ५ सय बढी घर टहरा हटाएको र हालसम्म हटाउने काम जारी रहेको जानकारी दिए ।
३ वर्षदेखि जंगल किनारमा टहरा निर्माण गरेर बस्दै आएकाहरुका घर टहरा भत्काएर पुरै क्षेत्र खाली गरिने निमित्त प्रमुख ढकालले बताए ।

वन डिभिजन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गरिएको हो । अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27