कैलारीमा पुल मर्मत नहुँदा जोखीम मोलेर यात्रा गर्दै स्थानिय
2023/05/02, 3:23
 
ss

कैलालीको कैलारी गाउँपालिकाको वडा नं। ६ र वडा नं। ४ जोड्न घुराहा नदीमा बनेको पक्की मर्मतमा ढिलाई भएको छ। पुलको पूर्वी साईडमा खाल्टो पर्दा आवतजावतमा निकै समस्या परेको छ । भने भरान गरिएको माटो बगेपछि पुल नै धरापजस्तै बन्दा जोखिम अवस्थामा परेको छ।

दैनिक सयौँ सँख्यामा आवतजावत गर्ने सवारीसाधन, विद्यार्थी तथा यात्रुले जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको स्थानियले बताएका छन् । कैलारी गाउँपालिकाका वीरेन्द्र चौधरीले धेरै मानिस पुलमा लडेर घाईते भएको बताए । उनले एक वर्ष अगाडि मात्रै ज्वाइँ वीरबहादुर चौधरी धनगढीबाट घर फर्किरहेका बेला मोटरसाइकलबाट पुलमुनि खसेको बताए। गर्धन र करङको हड्डी भाँच्चिएर उपचारमो डेढ लाख रुपैयाँभन्दा बढी खर्च भएको र मोटरसाइकलसमेत काम नलाग्ने बनेकोे उनले बताए । उनले समयमै पुलको मर्मतसम्भार गर्नुपर्ने बताए।

यसरी धेरै घाईते भएको र मृत्युबरण गर्नुपर्ने अवस्था रहेको उनले बताए । करोडौं लगानीमा बनेको उक्त पक्की पुल मर्मत सम्भारमा कुनै पनि निकायले ध्यान दिन नसकेको कैलारी गाउँपालिका–६ का वीरबहादुर चन्दको भनाई छ । पुलको दूरावस्थाका कारण दैनिकजसो स–साना दुर्घटना हुँदै आएको बताए । पुल धरापजस्तै बनेकोले पुल र जमिनको संयोजन भाँसिने अवस्थामा रहेको बताए। स्थानीयको दैनिकीसँग जोडिएको यो पुलको दुरावस्थाले सबैलाई त्रसित बनाइरहेको बनाएको छ । पुलको व्यवस्थापन नहूँदा अहिलेसम्म चार पाङ्ग्रे गाडी गुडाउनै नसकिएको स्थानियले बताएका छन्।

पुलको मर्मत सम्भारका लागि पालिका लगायतका निकायको पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म कसैले ध्यान नदिएको कैलारी गाउँपालिका–४ का भीम तिरुवाले बताए । २र३ वर्षदेखि पुल धराप जस्तै बनेकाले वर्षात् अगावै मर्मत सम्भार नगरिए सडक र पुलको सम्पर्क टुट्ने जोखीम बढेको उनले जनाए। पुलले पालिकाको वडा नं। ६ र ४ नम्बर वडालाई जोड्ने र हसुलिया आउन जान सोही पुल प्रयोग गर्दै आइरहेका छन्। यताकैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूहरुले के कसरी हुन्छ माटो भरान गरेर पुल सूचारु गर्दै आइरहेको बताएका छन् । पुलको दीगोपनका लागि थप योजना आवस्यक रहेकोले त्यसका लागि करिब १ करोड लागत इस्टिमेट पनी बनाइसकेको उनको भनाई छ । पुल मर्मत सम्भारका लागि पालिकाको सरकारबाट मात्रै सम्भव नहुँने हूँदा प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यहरुलाई ध्यानाकषर्ण समेत गराएको उनले बताएका छन् ।