दार्चुलामा हिमपहिरोमा परी ५ जना वेपत्ता
2023/05/02, 9:09
 
ss

हिमपहिरोमा परी ५ जना वेपत्ता भएका छन् । जिल्लाको ब्याँस गाउँपालिका–१ मा पर्ने भोलिन वनमा माथीबाट खसेको हिमपहिरोमा परी यार्सागुम्बा संकलन गर्न गएका ५ जना वेपत्ता भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर विष्टले जानकारी दिए ।

मंगलबार दिउसो ३ बजेतिर खसेको हिमपहिरोमा परी ४ महिला र एक जना पुरुष वेपत्ता भएको जानकारी प्राप्त भएको उनले बताए । ४ जना महिलाहरु डोटी जिल्लाको बुडरका रहेको तथा एक जना पुरुष दार्चुलाको दुहुँ गाउँपालिकाको पोक्से घर भएका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका डिएसपी ईश्वरी दत्त भट्टका अनुसार त्यहाँ बसेका १२ जना यार्सा संकलकमध्ये ७ जना सकुशल रहेका छन् । यार्सा संकलक त्रिपाल टागेर बसेका बेला हिमपहिरो खसेको बताइएको छ । अहिले घटनास्थलमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीको टोलीले वेपत्ताहरुको खोजी कार्य गरिरेहेको छ ।

‘हाम्रो टोलीले उनिहरु बसेको त्रिपाल भित्र र वरपर हे¥र्यौ कहि भेटिनु भएन सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका डिएसपी ईश्वरी दत्त भट्टले भने। ।’ घटना स्थलमा ५ फिट उचाइको हिउ जमेको छ खोजी कार्य गर्न निकै कठिन भैइरहेको छ, उनले भने। घट्ना स्थलमा अहिले पनि हिमपात भइरहेकाले बेपत्ताहरुको खोजीमा समस्या भइरहेको उनले बताए। सकुशल भेट्टीएकाहरुलाई सुरक्षित स्थान तर्फ सार्ने कार्य भइरहेको उनले बताए । वेपत्ता भएकाहरुको नाम खुल्न नसकेको बताइएको छ ।