भजहर कप फुटबल प्रतियोगिताः सुविच्छा कटेज र बिहानी युवा क्लब सेमिफाईनलमा 
2023/05/02, 9:30
 
ss

कैलालीको कैलारी गाउँपािलका वडा नम्बर ८ लोहरपुरमा भईरहेको तेस्रो भजहर कप फुटबल प्रतियोगितामा सुविच्छा कटेज र बिहानी युवा क्लब विजयी भएका छन् । थारुहरुको पर्व भजहरको अवसरमा हरेक बर्ष हुदैं आएको भजहर कपको तेस्रो संस्करण पाँचौ दिनको खेलमा जित हात पार्दै सुविच्छा कटेज र विहानी युवा क्लब सेमिफाईनलमा प्रवेश गरेका हुन् । 

1
पहिलो खेलमा सुविच्छा कटेज सेठकलियाले गौरीगंगा ११ स्पोर्टस क्लबलाई हरायो । खेलमा सुविच्छाले गौरीगंगामाथि ३–१ गेल अन्तरको जित दर्ता गरेको हो । दोस्रो खेलमा बिहानी युवा क्लबले वर पिपल युवा क्लबलाई हरायो । बिहानीले वरपिपललाई १–० ले किनारा लगायो । 

1
श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिता  बैशाख २३ गतेसम्म आयोजना हुनेछ । पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ भईरहेको प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । 

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।