अयोग्य लडाकुलाई २ लाख दिने निर्णय विरुद्ध धनगढीमा प्रदर्शन
2023/05/03, 8:33
 
ss

अयोग्य लडाकुलाई  २ लाख दिने सरकारी निर्णय विरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ।  एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीले निर्णय फिर्ताको माग गर्दै धनगढीमा प्रदर्शन गरेको हो। 

धनगढी स्थित जिल्ला प्रशासन कार्यालय अघि प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल कैलालीले अयोग्य लडाकुलाई रकम दिने सरकारले गरेको निर्णय फिर्ताको माग गरिएको हो। आर्थिक अवस्था जटिल बन्दै गएका बेला सरकारको उक्ता निर्णयले देश थप संंकटमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन राष्ट्रिय युवा संघ कैलालीले माग गरेको छ।

एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय कैलालीसम्म पुगेको थियो। जिल्ला प्रशासन कार्यालय अघि राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष लक्ष्मण थापाले सरकार तत्काल उक्त निर्णयबाट पछि नहटे सशक्त आन्दोलन गर्ने बताए। 

विरोध कार्यक्रममा नेकपा एमालेका कार्यकर्ता, राष्ट्रिय युवा संघ कैलाली जिल्लाका पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।