अमेरीकी राजदूत थम्पसन र मन्त्री देउवाबीच भेटवार्ता
2023/05/03, 7:08
 
ss

नेपालका लागि अमेरीकी राजद‍ूत डिन आर थम्पसन र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाबीच भेटवार्ता भएको छ।

बुधबार कैलाली कञ्चनपुरको भ्रमणका लागि प्रदेश राजधानी धनगढी पुगेका राजदूत थम्पसनलाई भौतिक पुर्वाधार विकास मन्त्रालयमा स्वागत गरिएको छ।  मन्त्रालयमा मन्त्री देउवासहित मन्त्रालयका सचिव प्रेमदत्त भट्टले स्वागत गरेका हुन्।

मन्त्रालयमा मन्त्रालयको टोली र राजदूतको टोलीबीच विपद् लगायत विकास निर्माणका विभिन्न विषयमा छलफद भएको मन्त्री देउवाले जानकारी दिए। उनका अनुसार खासगरी प्रदेशको विपद योजना आगामी नीति लगायत विषयमा छलफल भएको छ।