मोहना पुल छ लेन सडक किनारमा लगाइएको रेलिङ चोरी हुँदै  
2023/05/04, 12:55
 
ss

 कैलालीको मोहना पुल छ लेन सडक किनारमा लगाइएको रेलिङ चोरी हुन थालेको छ । भन्सारदेखि चटकपुर चौराहा क्षेत्रमा रेलिङहरू चोरी भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । सुरक्षाका लागि लगाइएको रेलिङ चोरी हुन थालेपछि सो कार्यालयले चिन्ता व्यक्त गरेको छ । 

रेलिङ चोरी भइरहेको देखेमा धनगढी उपमहानगरपालिकाको कार्यालयलाई जानकारी गराएर सहयोग गर्न नगर प्रमुख गोपाल हमालले आग्रह गरेका छन् । घर, पसल अगाडिबाटै पनि रेलिङहरू चोरी भएका छन् । ६र७ स्थानबाट रेलिङ निकालेर लगिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । 

महानगरपालिकाले छ लेन सडकमा हरियाली र सौन्दर्यीकरणका मिडियामा रोपेको बोटबिरुवासमेत चोरी भइरहेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा चोरी गर्न थालेपछि त्यस्ता कार्य गर्नेहरूको आलोचना भइरहेको छ । यसै गरी, छ लेन सडकको रेलिङ र बोटबिरुवा चोरी हुनबाट जोगाउनका लागि ठाउँ ठाउँमा सिसी टिभी क्यामेरा जडान गर्न नगरवासीले उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।