कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्रका सइलाई खुकुरी प्रहार
खुकुरी प्रहार गरी फरार रहेकाहरूको खोजी कार्य जारी
2023/05/06, 1:46

कञ्चनपुर - सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।

शुक्रवार राति होहल्ला गरेको समूहलाई सम्झाउन गएका सई चौंसिरमाथि खुकुरी प्रहार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुखमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।
खुकुरी प्रहार गरी फरार रहेकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08