सुदूरपश्चिमका मुख्यमन्त्री र प्रधानमन्त्री बिच भेटवार्ता
2023/05/08, 11:19
 
ss

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहितको टोलीसहित मुख्यमन्त्री शाह र प्रधानमन्त्री  बिच सोमबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ।

भेटमा सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र यहाँका विकासको योजनाबारे छलफल भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। मुख्यमन्त्री शाहले  प्रधानमन्त्रीज्यूसँग भेटवार्ता क्रममा मन्त्रिपरिषद् विस्तारमा धेरै ढिला भएकोले छिटो गरिदिनुस् भनेर आग्रह गरेको बताए । उनले आजै उच्च स्तरीय राजनीतिक कार्यदलमा कुरा राख्ने बताएका छन् ।

मुख्यमन्त्री शाहसँग भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल र सांसद ओम विक्रम भाट सरल पनि बालुवाटार पुगेका थिए । मुख्यमन्त्री शाह नियुक्त भएको यही वैशाख २७ गते ३ महिना पुग्दैछ। तर ३ सदस्य रहेको मन्त्रिपरिषद् हालसम्म विस्तार हुन सकेको छैन। सरकारको नेतृत्वदेखि मन्त्रालय भागबन्डामा सत्तारुढ दलमा सकस देखिएको छ। यहाँ ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ।

सरकारमा माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, मन्त्रालयमा दाबी गरेको छ। अहिले सरकारमा रहेको काँग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ। थप १ मन्त्रालय पनि पाउनुपर्ने काँग्रेसको दाबी छ। आर्थिक मामिला मन्त्रालय पाएको नेकपा९एकीकृत समाजवादी० पार्टीले पनि थप १ मन्त्रालय पाउनुपर्ने अडानमा छ। त्यस्तै, माओवादीले २ मन्त्रालय पाउने भएको छ। २ मन्त्रालयको लागि आधा दर्जन आकाङ्क्षी छन्। माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद, अक्कल रावल, रमेश धामी, शिव ओलीलगायतका मन्त्री बन्ने दौडमा छन्।