
दार्चुलाबाट धनगढी आउँदै गरेको ट्रक भासु भीरमा दुर्घटना भएको छ । दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक ट्रक भासु भिरमा दुर्घटना भएको हो ।

कैलालीको चुरे गाउँपालिका–५ खानीडाडास्थित भासु भिरमा ७र८ सय मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० आइसर कम्पनीको ट्रक दुर्घटनामा परेको हो ।
गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि गाडी र गाडीमा रहेका खाली सिलिन्डर पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्रप्रसाद बिष्टको ट्रक रहेको प्रहरीले जनाएको छ । विष्ट लटिनाथ मार्केटिङ फर्मका सञ्चालक समेत हुन् । घटनाका बिषयमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08