
कञ्चनपुर - कञ्चनपुरको पुनर्वासमा एक जना मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ख गाउँका ३६ वर्षीय भक्त बहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव आफ्नै घरदेखि करिब ४ सय मिटर टाढा खेतमा सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । शवसँगै मदिराको बोत्तल पनि भेटिएको र परिवारका सदस्य र छिमेकीले केहीँ दिन देखि थापाले अत्याधिक मदिरा सेवन गरिरहेको बताएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । धनगढीस्थित सेती अस्पतालमा शवको पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गरिएको छ। शरीरमा चोटपटक नलागेको बताइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08