डोटी मेरो जन्म भूमि हो, यो माटोको माया छः बलायर
2023/05/10, 9:56
 
ss

नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति एवं प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले आफ्नो ठाउँ बनाउन कुनै पनि कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शिखर नगरपालिकालाई साक्षर पालिका घोषणा गर्दै उनले डोटीको विकास, समृद्धिका लागि कटिबद्ध भएर लागिरहने बताएका हुन् ।

“डोटी मातृ भूमि हो,’मैले आफ्नो माटो प्रतिको इमान्दारिता कहिले पनि गुमाउने छैन,”सांसद बलयरले भने,”चुनाव लड्नु प्राविधिक विषय हो,” म झापा, ताप्लेजुङबाट पनि चुनाव लड्न सक्छु, डोटी मेरो जन्म भूमि हो, म यहाँ नआएर कहाँ जाउला ।” विगतमा मतदाताहरुले आफूलाई चिन्न नसकेको उनको गुनासो थियो ।

केही व्यक्तिहरूले धनगढी गइसक्यो भनेर अहिले सम्म गाली गरिरहेका होलान्,”उनले भने,” यो जन्म भूमि हो मेरो, जन्मभूमिलाई छोड्ने कुरो हुँदैन । विगतमा चुनाव लड्दा दुई पटक पराजित भए तर कैलाली ४ का जनताले एकै पटकमा विश्वास गरेर विजयी गराउनु भयो,” त्यहाँका जनताको सेवा गर्नु पनि मेरो कर्तव्य हो,”उनले थपे ।”

“चुनाव लड्न कैलाली जाँदै गर्दा म यहाँको माटोप्रति इमान्दार र चिन्तित छु, यहाँको विकास, समृद्धि र यहाँका जनताको उत्थानका लागि दत्तचित्त भएर लाग्ने छु,” बलायरले भने ।” देश बाउँछु भनेर राजनीतिमा लागेको उल्लेख गर्दै उनले ठाउँ बनाउन कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरे । हामी देश बनाउन भनेर लागेका मान्छे हौं,”उनले भने,”ठाउँ नबनाई देश बनाउन सकिंदैन त्यसैले यो ठाउँको लागि, यहाँको सुख दुःख, विकास निर्माण, साह्रो गाह्रोमा जोडीराख्ने छु ।”