
बैतडीमा महिला कर्मचारी माथि कुटपिट गर्ने एक जना युवक प्रकाउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका २ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचार सुसिला धामीलाई कुटपिट गर्ने सिगास वडा नं १ का २८ वर्षीय केशव धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए । प्रहरीका अनुसार शनिवार धामीले सुसिलालाई घर जानेबेला मदिरा सेवन गरी कुटपिट गरेको थियो ।
महिलाको अनुहारलगायत शरीरमा चोट लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45