भौतिक मन्त्री देउवाले गरे महाकाली पारि पुगेर योजनाको अनुगमन
2023/05/18, 7:15
 
dd

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले कञ्चनपुरमा प्रदेश सरकारले  संचालन गरिरहेका आयोजनाहरुको अनुगमन गरेका छन।

बिहिवार मन्त्री देउवा नेतृत्वको टोलीले जिल्लाको महाकाली पारि रहेको दोधारा चाँदनी नगरपालिका जोडने सडक पुलको  अनुगमन गरेका हुन। प्रदेस सरकारको लगानीमा निर्माण हुनलागेको उक्त पुल निर्माण सम्पन्नपछि महाकाली पारीका बासिन्दालाई महेन्द्रनगर आवत जावतमा सहज हुनेछ।

दोधरा चाँदनी नगरपालिका वडा नम्बर ८ बाँसघारी सुन्दरनगर  जोडने पक्की पुलको अब निर्माण कार्य तत्काल अघि बढाउने मन्त्री देउवाले बताए। उनले अब तत्काल निर्माण कार्य अघि बढाई सम्झौता अबधि भित्रै निर्माण सम्पन्न गर्ने समेत बताए।
त्यस लगायत कञ्चनपुरमा प्रदेस सरकारद्वारा संचालित अन्य योजनाहरुको पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ ।

 योजनाहरुको अनुगमन पछि मन्त्री देउवाले भने, हरेक योजना सम्झौताको अबधि भित्रै सम्पन्न हुनुपर्छ, कुनै पनि बहानामा योजनामा ढिलाई गर्न पाईदैन ।  योजनाको प्रगती हेरेर निर्माण ब्यबसायीलाई पुरष्कृत गरिने समेत मन्त्री देउवाको भनाई छ।