देशका ७७ वटै जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन । कैलालीमा एकै दिन एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ सय ७४ पुगेको छ ।
यो संख्या ७७ वटा जिल्लामा सबैभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । कैलालीपछि कर्णालीको दैलेखमा सात सय ८४ संक्रमित छन् भने दुई नम्वर प्रदेशको महोत्तरीमा सात सय २८ संक्रमित रहेका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीमा ४० महिला र एक सय २५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी धनगढीमा गरिएको परीक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।