कञ्चनपुरमा हुलाकी सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती र लापरबाही
2023/05/27, 12:38
 
कञ्चनपुरमा हुलाकी सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती र लापरबाही

कञ्चनपुर - कञ्चनपुरमा हुलाकी सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती र लापरबाही हुन थालेको छ । कञ्चनपुरमा हुलाकी सडक राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले शुरुवाती दिनदेखि गर्दै आएको ढिलासुस्ती र लार्पबाही निरन्तर गर्दै आएको छ । राजमार्ग अन्र्तरगत (बेलडाँडी–दैजी)खण्डमा ठेकेदारले एक किसिमले सरकार जनता ढाट्दै आएको छ ।

शुरुवातीदिनदेखि केही काम गरेजस्तो गर्ने, काम छाड्नेदेखि अधुरै छाड्ने प्रवृति अहिलेपनि नरोकिएको स्थानियले बताएका छन् । कच्ची सडक र अधुरो काम गरेर छाड्दा दुर्घटना समेत निम्ताईरहेको छ । हिउँदमा हिलाम्मे, बर्षातमा हिलाम्मे सडकले यात्रु जोखिमा मात्रै होईन ज्यान गुमाईरहेका छन । केही समय अघि मोटरसाईकल दुर्घटना हुँदा घाईतेदेखि बालकले ज्यान गुमाएका थिए, तर पनि ठेकेदारले वास्ता नै राखेको छैन ।पाँचौँपटक थपिएको म्याद सकिनै लाग्दा पनि कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कामले गति लिन सकेको छैन । निर्माण कम्पनीले काम नगर्दा राजमार्गको निर्माणाधीन तीनमध्ये दुई प्याकेजको काम ६ वर्षदेखि अलपत्र अवस्थामा छ।

निर्धारित समयभन्दा दोब्बर बढी अवधिपछि एउटा प्याकेजको काम भने अहिले बल्ल सम्पन्न हुने चरणमा छ ।कञ्चनपुरमा हुलाकी राजमार्गको ६२ किलोमिटरलाई तीनवटा खण्डमा छुट्याएर काम भइरहेको छ । बेलौरीदेखि बेल्डाँडीसम्म २० किलोमिटर दोस्रो र बेल्डाँडी–दैजीसम्मको २२ किलोमिटर लामो तेस्रो खण्डमा पाँचौँपटक थप भएको अवधि आगामी असारमा सकिँदै छ । तर, कामले तीव्रता पाएको छैन ।लामो समयदेखि राजमार्ग निर्माणको काम बन्द रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार केही दिन काम गरेर ठेकेदार हराउने गरेका छन् । ‘कहिलेकाहीँ दुई–चार दिन अलिअलि काम गर्छन, त्यसपछि लामो समयसम्म फर्केर आउँदैनन,’ बेल्डाँडी गाउँपालिका– १ का स्थानीय दिनेश ठकुराठीले भने, ‘ठेकेदार आफू फिल्डमा आउँदैनन, कामदारलाई भन्दाभन्दा थाकिसक्यौँ ।’ लामो समयदेखि सडक निर्माणकार्य अलपत्र हुँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।

निर्माणाधीन सडकमा गाडी गुड्दा उड्ने धुलोले सडकवरिपरिका घर सेताम्य छन र बर्षातमा हिलाम्मे भएका छन । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता समेत रहेका जनक धामीले पानी पर्दा जम्ने हिलो र अरू वेला धुलोले हिँडडुल गर्न समस्या हुने गरेको बताए । उनले भने, ‘खाल्डाखुल्डीले गर्भवती, बिरामीलाई अस्पताल लैजान हामीलाई निकै समस्या छ । साढे दुई वर्षमा बन्नुपर्ने हो, ६ वर्ष भइसक्यो । ठेकेदार दोषी हो भने सरकारले कारबाही गर्नुर्पयो ।’भुक्तानी लिने समयमा मात्र काम भइरहेको देखाउनका लागि ठेकेदारले केही दिन कामदार पठाउने गरेको उनले बताए । बेल्डाँडी क्षेत्रमा अहिले पनि राजमार्ग निर्माणको काम रोकिएको उनले जनाए । राजनीतिक पहुँच भएका ठेकेदार भएकाले सडक निर्माणमा चरम लापरबाही हुँदा पनि सरकारले कारबाही गर्नुको साटो म्याद थप गर्दै आएको स्थानीयको आरोप छ । ‘ठेकेदार पहुँचवाला भए, स्थानीय जनप्रतिनिधिबाट पनि काम छिटो गर्नका लागि पहल हुन सकेन,’ ठकुराठीले भने, ‘हामी जनताका कुरा कसले सुनिदिने रु’ पहिलो र तेस्रो खण्डमा काम गरिरहेको राजेन्द्र निर्माण सेवा नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदको कम्पनी हो ।

हुलाकी सडकमा लार्पबाही गर्ने उक्त निर्माण कम्पनीलाई सरकारले कालोसुचीमा राख्नुपर्ने एमाले निकट राष्ट्रिय युवा संघका केन्द्रीय लेखा आयोग सचिव प्रविन बोगटीले बताए । काम नगर्ने पटक पटक पेश्की लिएर अन्यत्र लगाएर सडक अलपत्र छाड्ने कम्पनी बिरुद्धमा युवा संघले आन्दोलन छेड्ने चेतावनी दिए ।०७४ को स्थानीय तह निर्वाचनमा डडेल्धुराको पर्शुराम नगरपालिकाको मेयर निर्वाचित भएपछि साउदले यो कम्पनी परिवारका सदस्यको नाममा सारेका थिए । हुलाकी राजमार्गअन्तर्गत डोकेबजारदेखि बेलौरीसम्म २० किलोमिटर लामो पहिलो खण्डमा पनि यो कम्पनीले काम गरिरहेको छ । यो खण्डमा पाँचौँपटक थपिएको म्याद गत पुसमा सकिएको छ । कालोपत्रेको काम सकिए पनि तारजाली राख्ने लगायत केही काम बाँकी रहेका आयोजना कार्यालयले जनाएको छ ।यो खण्डमा पनि साढे दुई वर्षभित्र काम सक्ने गरी ३६ करोड ४७ लाख लागतमा १ चैत ०७३ मा निर्माण सम्झौता भएको थियो। सिद्धिशाही नेपाली कांग्रेस डोल्पाका सभापति दीपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी हो । साढे दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म पूरा नहुँदा पनि राजनीतिक पहुँचका आधारमा निर्माण कम्पनीलाई सरकारले कारबाही गर्नुको साटो म्याद थप्दै आएको स्थानीयको आरोप छ।

चौथोपटक थप गरिएको अवधिमा पनि काम पूरा नभएपछि आयोजना कार्यालयले गत असारमा सिद्धिशाही–बाबाहंश जेभी र शर्मा–राजेन्द्र जेभीलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । आयोजना कार्यालयले तत्काल काम नगरे ठेक्का तोडिने सूचना प्रकाशित गरेको थियो, तर असारमै सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेर पुराना सबै ठेक्काको म्याद एक वर्ष थप्ने व्यवस्था गरेपछि यी दुवै खण्डको अवधि पाँचौँपटक थप भएको हो । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सबिन जोशीले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि दोस्रो र तेस्रो खण्डको काम सुस्त रहेको बताए । ‘असारसम्म म्याद छ । हामी सकेसम्म काम गराउने कोसिस गरिरहेका छौँ,’ जोशीले भने, ‘काम अगाडि बढेन र त्यतिन्जेल सकिएन भने कारबाहीको प्रक्रियामा जान्छौँ ।’

बेलौरीदेखि बेल्डाँडीसम्म २० किलोमिटर राजमार्ग निर्माणको ठेक्का सिद्धिशाही–बाबाहंश जेभीले लिएको छ । ४१ करोड साढे ४१ लाख लागतको यो सडकको काम ३० महिनाभित्र सक्ने गरी २ फागुन ०७३ मा सम्झौता भएको थियो । ६ वर्ष बित्दा भौतिक प्रगति ७५ प्रतिशत मात्र छ । त्यस्तै, बेल्डाँडी–दैजीसम्मको २२ किलोमिटर सडक शर्मा–राजेन्द्र जेभीले निर्माण गरिरहेको छ । ३८ करोड ५७ लाख लागतमा साढे दुई वर्षभित्र सक्ने गरी १ चैत ०७३ मा निर्माण सम्झौता भएको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । यो खण्डमा पनि हालसम्म करिब ७५ प्रतिशत मात्र काम भएको आयोजना कार्यालयले जनाएको छ ।दुवै खण्डमा पाँचौँपटक थपिएको म्याद आगामी असारमा सकिँदै छ, तर कामको गति हेर्दा असारसम्म पनि काम पूरा हुने नदेखिएको आयोजनाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर दीपक सुनारले बताए । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरिरहेको उनले बताए । ‘काम गरिरहेको छ भनेर देखाउन दुवै खण्डमा ठेकेदारले केही मान्छे खटाएका छन्, तर खासमा काम भइरहेको छैन ।’

सुनारले भने, ‘यही गतिमा बाँकी काम सक्न अझै चार वर्ष लाग्छ ।’ ‘आँखामा छारो हाल्ने गरी’ काम भइरहेको उनले बताए । देखाउनका लागि कहिलेकाहीँ मात्र काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । ‘हामीले ठेकेदारसँग पटक–पटक छलफल गरेका छौँ। असारसम्म काम सक्ने प्रतिबद्धता पनि जनाएका थिए । तर, प्रतिवद्धताअनुसार काम भएको छैन ।’ सुनारले भने, ‘निर्माण अवधि बाँकी रहेकाले काम गर्न दबाब दिनेबाहेक अरू कारबाही गर्न सकिँदैन ।’तेस्रो खण्डमा रूख कटान आदेशका कारण केही महिना ढिलाइ भए पनि त्यसपछि भने ठेकेदारको लापरबाहीले ढिलाइ भएको उनले बताए । आयोजना कार्यालयका अनुसार अन्य ठाउँमा साइट क्लियरको समस्या थिएन । कैलालीमा पनि हुलाकी राजमार्ग स्तरोन्नतिको काम सुस्त छ । हुलाकी राजमार्ग र राजमार्गको लिंक सडक गरी कैलालीमा साढे ७३ किलोमिटर सडकलाई एक लेनबाट सात मिटर चौडा गरी दुई लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ ।साढे ७३ किलोमिटर सडकलाई सातवटा खण्डमा छुट्याएर स्तरोन्नति भइरहेको हो । सबै खण्डको ३० महिनाको निर्माण अवधि सकिए पनि भौतिक प्रगति भने उत्साहजनक छैन ।हुलाकी सडक सयमै काम सक्नका लागि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, बेलौरी नगर प्रमुख पोलिलाल चौधरी, पुर्वमन्त्री बिना मगर, संविधान सभा सदस्य समेत रहेका प्रदेश सभा सदस्य दिवान सिह विष्ट, प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य बिर बहादुर थापा९पातल० सहितका स्थानीय राजनीतिक दलले पटकट पटक माग गर्दै आएका छन ।