होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु
2023/05/28, 11:46
 
होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु

बैतडी - बैतडीको एक होटलमा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ७ को एक होटेलमा शनिवार बेहोस भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए। शनिवार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए।उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। उनको पोष्टमाटमपछि शव परिवारले बुझेको छ। घटनाबारे प्रहरीले छानबिन गर्दैछ।