कञ्चनपुरमा भारतीय एसएसबीले देखाउन थाल्यो दादागिरी, १५ परिवारको जग्गा हडप्ने दाउ
2023/05/29, 11:55
 
कञ्चनपुरमा भारतीय एसएसबीले देखाउन थाल्यो दादागिरी, १५ परिवारको जग्गा हडप्ने दाउ

कञ्चनपुर - कञ्चनपुर सीमा क्षेत्रमा भारतीय एसएसबीले दादागिरी देखाउन थालेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले पुनः नेपाली भूमिमा दाबी गरेपछि स्थानीय विरोधमा उत्रिएका छन्।

एसएसबीले नेपाली भूमिलाई आफ्नो भन्दै सीमाङ्कन गर्न थालेपछि विवाद निम्त्याएको छ। भने स्थानीय पनी प्रतिकार उत्रिएका हुन्। नेपाल–भारत सीमा स्तम्भ नम्बर १७ नजिक भारतीयले १५ जना नेपाली परिवारको जग्गामा दाबी गरिरहेको छ। स्थानीयले मान बहादुर गुरुङ्ग, नारायण अधिकारी, लक्ष्मण बहादुर पुन मगर, अमर बहादुर थापा, बिरबल गुरुङ्ग, रतन बहादुर गुरुङ्ग, ईमान सिंह गुरुङ्ग, राम बहादुर सारु मगर, ढाल बहादुर गुरुङ्ग, टंक बहादुर गुरुङ्ग, तुल बहादुर गुरुङ्ग, खडक बहादुर रोकाया मगर लगायतको जग्गा दाबी गरेको बताएका छन् ।

एसएबीले आफ्नो भूमि भएको दाबी गर्दै नेपाली भूमिमा खम्बा गाडेको थिए। बिरोधमा उत्रिएका स्थानीयले ती सबै खम्बा उखेलेर फालि दिएका छन्।स्थानीयको विरोधपछि नेपाली सुरक्षाकर्मी, स्थानीय, भारतीय सीमा सुरक्षा बल ९एसएसबी० बैठक बसेको थियो। तर, बैठक विना निष्कर्ष टुङ्गिएको सहभागीहरुले बताएका छन्।बैठकमा नेपालीहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्न नदिने धम्की दिएको बताइएको छ।

यसरी पटक-पटक भारतीय पक्षबाट दुःख पाउनुभन्दा नेपाल सरकारले सीमा क्षेत्रमा पर्खाल एवम् काँडेतार लगाउनुपर्ने माग उठिरहेको स्थानीय मानबहादुर गुरुङले बताए।स्थानीयको विरोधपछि नेपाली सुरक्षाकर्मी, स्थानिय, भारतीय सीमा सुरक्षा बल (एसएसबी) बैठक बसेको छ । बैठक निष्कर्ष विना टुङ्गिएको सहभागीहरुले बताए । बैठकमा नेपालीहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्न नदिने र भारतीय क्षेत्रमा आए हेरौला भन्ने धम्की दिएको बताईएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजा क्षेत्र भन्दा नेपाली भूमिमा डोरी लगाएर खुँटा (निसाना) गाडेर भारतीय भूमि भएको दाबी गरेको छ । स्थानीय गुरुङ्गका अनुसार वर्षौ देखि खेती गर्दै आएको स्थानियहरुको जग्गा भारतीय पक्षले वर्षौदेखि विवाद गर्दै आएको स्थानीय बताएकाछन् ।