कञ्चनपुरमा दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ गरिने
2023/05/29, 8:35
 
ss

कञ्चनपुरमा दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ गरिने छ। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  आर्थिक वर्ष २०८०/ ८१ को बजेट भाषण सुरु भएको छ ।

निर्यात प्रर्बधन तथा ब्यापार सहजीकरण अन्तरगत दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ गरिने बताएका हुन्। विसं २०६४ मा कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण प्रस्ताव भए पनि हालसम्म त्यो प्रक्रीया अघि बढ्न सकेको छैन् । कति बजेट छुट्याइएको भन्ने उल्लेख गरेनन् ।

लोकतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले २०६४ सालको सेरोफेरोमा सुदूरपश्चिमको समृृद्धिसँग जोडिएको सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सा¥यो ।लोकतन्त्र स्थापनापछि सरकार र मुलुकको व्यवस्था परिर्वतन हुँदै आएको परिवेशमा आर्थिक समृद्धिसित जोडिएको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणले भने गति लिन सकेन।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्कीपुलबाट करिब एक किलोमिटर पूर्वमा पर्ने सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन ईआइए हालै सरकारले स्वीकृत गरिसकेको छ । भारतले यहाँबाट १४५२ किलोमिटर मात्रै टाढा रहेको गुजरातस्थित मुन्द्रा पोर्टसम्मको पहुँच दिने कुरा कार्यान्वयन भएमा कञ्चनपुर पूर्वको वीरगञ्जको विकल्पका रूपमा नयाँ व्यापारिक नाकाको रुपमा स्थापित हुनेछ । दोधारा चादँनी सुक्खा बन्दरगाहसम्म पुग्ने सडक पूर्वाधार निर्माण भारतीय पक्षबाट भइरहेको छ।